fbpx

गृहपृष्ठ मोरङमा बाढीबाट ३ हजार विस्थापित, ७७५ घर डुबानमा

मोरङमा बाढीबाट ३ हजार विस्थापित, ७७५ घर डुबानमा

bistapit1-newskarobar

विराटनगरस्थित सिंघिया खोलामा आएको बाढीका कारण तीन हजारभन्दा बढी विस्थापित भएका छन् । मंगलबारयता लगातार परेको पानीका कारण खोलामा पानीको बहाब बढेर बाढी ७७५ घर डुबानमा परेका छन् ।

बाढी घरमा पसेपछि विराटनगरका वडा नम्बर १, २, ४, ८, १२, १५ र १९ का बासिन्दा विस्थापित भएका छन् । बिहीबार बिहानबाट बढ्दै गएको खोलाको जलस्तरले राति बाढीको रुप लिएको थियो । बाढीका कारण विराटनगर–१ सिंघिया खोलाकिनारमा रहेको गंगा टोल र वडा नम्बर २ पूर्वटोलका सुकुम्बासी परिवारको घर डुबानमा परेको छ ।

गंगा टोलमा ८५ परिवार र पूर्वटोलमा ७५ परिवार सुकुम्बासी परिवारको बसोबास छ । ती टोलहरुका अधिकांश घरमा बाढीको पानी पसेको छ । बाढीको पानी पसेपछि पीडितहरु घरमा सञ्चित गरिएका खाद्यान्न, वस्तुभाउ र बालबच्चासहित सुरक्षित स्थानतर्फ लागेका छन् । केही बाढीपीडितहरुले आफन्तकहाँ शरण लिएका छन् भने केहीले सुरक्षित स्थानमा पाल टांगेर आश्रय लिएका छन् ।

bistapit-newskarobar

खाना पकाउने बन्दोबस्ती नभएका कारण पीडितहरु भोकभोकै बस्न बाध्य भएका छन् । घरहरु डुबान हुँदासमेत उद्धारकर्मीको टोली नआएका कारण घरभित्र भएका सम्पूर्ण सामान निकाल्न नसकेको पीडितले गुनासो गरेका छन् ।

यस्तै बाढीका कारण मोरङका विभिन्न स्थान डुवानमा परेका छन् । मोरङका कटहरी, धनपाल थान, रंगेली, सुनवर्षी, रतुवामाई लगायत दक्षिणी क्षेत्र डुवानमा परेको मोरङ प्रहरीले जनाएको छ । बाढीबाट विस्थापित बनेकाहरु सामुदायिक विद्यालय तथा सार्वजनिक स्थलमा आश्रय लिएर बसेका छन् ।

बाढीबाट विभिन्न खोलका पुल उच्च जोखिममा छन् । मोङको शिशवनी जहदास्थित लोहन्द्रा खोलाको पुलसम्मै पानी आएको छ । बाढीले बगाएर ल्याएका फोहर, काठ तथा पतिंगर थुप्रिएर पुललाई क्षति पु-याउन लागेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले जानकारी दिए । उक्त फोहर हटाउने कार्य जारी रहेको उनले बताए ।

प्रकाशित समय १७:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु