fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ परोपकार घाटका सुकुम्बासीद्वारा घरजग्गाको व्यवस्थापन गरिदिन माग

परोपकार घाटका सुकुम्बासीद्वारा घरजग्गाको व्यवस्थापन गरिदिन माग

sukumbasi-newskarobar

विराटनगर १ पोखरियास्थित परोपकार घाट छेउमा बसोबास गर्दै आएका ७ सुकुम्बासी परिवारले आफूहरुलाई घरजग्गाको उचित व्यवस्थापन गरिदिन माग गरेका छन् ।

विराटनगर महानगरपालिकाले परोपकार घाट छेउमा सडकको जग्गा अनाधिकृत रुपमा अतिक्रमण गरी घरटहरा निर्माण गरेर बसेको भन्दै त्यहांबाट हटन असार २३ गते ७ दिने सूचना जारी गरेपछि उनिहरुले आफुहरुलाई अन्यत्र जग्गा उपलब्ध गराइदिन माग गरेका छन् ।

परोपकार घाट जाने मोडको सडक छेउमा घर टहरा निर्माण गरेर बस्दै आएका सातै परिवारले बिहीबार विराटनगमा सम्मेलन गर्दै त्यस्तो माग राखेका हुन् । पत्रकार सम्मेलनमा स्थानीय सुकुम्बासी ६५ वर्षीय हसिना खातुनले वर्षातको मौसममा घरटहरा हटाउने पत्र आएपछि आफुहरु समस्यामा परेको बताइन् । उनले त्यस ठाउँमा आफूहरु ४० वर्ष अघिदेखि घरटहरा बनाएर बस्दै आएको बताउँदै विकल्प दिएरमात्र आफूहरुलाई अन्यत्र सार्न माग गरिन् ।

सोही ठाउँका युवा हुसैन शेखले परोपकार घाट वरिपरि ८० सुकुम्बासी परिवारको बसोबास रहे पनि ७ परिवारलाई मात्र विस्थापित गर्न खोजिएको आरोप लगाए । सुकुम्बासी समस्या समाधान आयोगबाट समेत आफुहरुले सुकुम्बासीको परिचयपत्र प्राप्त गरेको जानकारी दिँदै हुसैनले अन्यत्र जग्गा उपलब्ध गराइदिए आफुहरु सो ठाउँबाट घर हटाउन तयार रहेको बताए ।

प्रकाशित समय २१:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु