fbpx
Nepal Mediciti

गृहपृष्ठ चार सय मुक्त हलिया आफ्नै घरमा बस्न पाउँदा खुसी

चार सय मुक्त हलिया आफ्नै घरमा बस्न पाउँदा खुसी

आफ्नो घर नभएर अर्काको शरणमा बस्दै आएका छेडागाड नगरपालिका–१३ का प्रसाद बादी अहिले घर निर्माणपछि आफ्नै घरमा बस्न थालेका छन् । आफ्नो घर नहुँदा अर्काको घरमा हलिया भएर बस्दा सधैँ हेलाको पात्र हुनुपरेको र शरीर थिलोथिलो हुने गरी कामसमेत गर्नुपरेको उनले बताए । उनीजस्तै अर्का बुद्धे नेपालीलाई पनि घरजग्गा नहुँदा दैनिक पीडा बोक्नुपरेको थियो । अहिले सरकारको उपलब्ध गराएको ५ लाख २५ हजारले घर तथा जग्गा किनेर ढुक्कसँग बस्न पाएको बुद्धेले बताए । उनीहरू जस्तै जाजरकोटका चार सय हलियाले घर निर्माण गरी आनन्दसँग बस्न पाएको बताएका छन् ।

प्रतिपरिवार २ लाख जग्गा किन्न र ३ लाख २५ हजार रूपैयाँ घर निर्माणका लागि रकम उपलब्ध गराइएको थियो । अर्काको हलिया बसेर दैनिक जिन्दगी गुजार्दै आएका हलिया आफ्नै घरमा बसेर आफ्नै खेतबारीमा किसानी गर्न थालेपछि अहिले परिवार नै खुसी भएको बुद्धेले बताए । पुनःस्थापना भएर आफ्नै दाजुभाइसँग बस्न पाउँदा जेलबाट मुक्त भएझैँ लागेको अर्का कालीबहादुर टमाटाले बताए ।

जिल्लाका सात स्थानीय तहमा रहेका र अर्काको घरमा काम गर्न बाध्य भएका हलिया अहिले पुनःस्थापना भएपछि किनै खुसी भएका छन् । जिल्लाका सबै ठाउँमा निर्माण भएका घर अनुगमन गर्दा राम्रो भेटिएको र सबै परिवार खुसी भएर बसेको पाइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । अर्को जिन्दगीको सुरुआत भएको प्रतिक्रिया दिएको प्रजिअ बस्नेतले बताए । (रासस)

प्रकाशित समय ११:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु