fbpx
Nepal Mediciti

गृहपृष्ठ जातीय विभेद गर्नेलाई तीन महिना कैद

जातीय विभेद गर्नेलाई तीन महिना कैद

jail- newskarobar

दैलेख जिल्ला अदालतले जातीय विभेद गर्ने महावु गाउँपालिका–५ का ६० वर्षीय डिलबहादुर रावतलाई तीन महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले उक्त फैसला सुनाएको हो ।

जातीय भेद्भाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ दफा ७ (१) (क) तथा मुलुकी अपराधसंहिता २०७४ को दफा १६६ को (२) बमोजिम  कैद र जरिवानाको फैसला सुनाएको अदालतका सूचना अधिकारी विनोद आचार्यले बताए । तत्कालीन युद्धमा भूमिगत छँदै शोभा सुनार र गणेशबहादुर रावतले अन्तरजातीय विवाह गरेका थिए ।

शोभाका श्रीमान् गणेशबहादुरले दोस्रो विवाह गरी भागेपछि आफ्ना छोराछोरीलाई गाँस, बास र पढाउनका लागि खर्चसहित अंश मागेपछि जेठाजु दिलबहादुरले आफूलाई अभद्र व्यवहार गरी जातीय छुवाछूत गरेको भनी शोभाले विसं २०६७ जेठ १ गते मुद्दा दर्ता गरेकी थिइन् । प्रतिवादी दिलबहादुरले जातीय छुवाछूत कसुर गरेको देखिन आएको हुँदा उनलाई सो फैसला सुनाइएको अदालतले जनाएको छ ।

प्रकाशित समय २०:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु