fbpx
Nepal Mediciti

गृहपृष्ठ सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद

सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद

jail- newskarobar

दाङ देउखुरी जिल्ला अदालत दाङले  सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२-१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२-१२ वर्ष कैद फैसला सुनाएको हो ।

उनीहरुलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै कैद र पीडितलाई दुवैबाट ५०-५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । विसं २०७१ असार २३ गते बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए । फरार दुवैलाई विसं २०७५ पुस १८ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

आचार्यलाई सफाइ

यस्तै अदालते घोराही उपमहानगरपालिका–१५ का ऋषिराज आचार्यलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । पुर्पक्षका लागि कारागार चलान भएका आचार्यलाई निर्दोष रहेको भन्दै न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले सफाइ दिएको हो । घरमा काम गर्न राखेकी एक बालिकालाई पटकपटक बलात्कार गरेको भनी मुद्दा परेपछि प्रहरीले आचार्यलाई पक्राउ गरेको थियो । (रासस)

प्रकाशित समय ११:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु