fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ काभ्रेमा २ महिलामाथि सिरिन्ज आक्रमण, एक युवक पक्राउ

काभ्रेमा २ महिलामाथि सिरिन्ज आक्रमण, एक युवक पक्राउ

Syringe_Attack-newskarobar

काभ्रेमा सिरिन्ज आक्रमण गरेको आशंकामा एक जनालाई प्रहरीले हिरासतमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी जय सापकोटाले हिरासतमा लिइएका व्यक्तिको बयान लिने काम भइरहेको बताएका छन् । ‘अहिलेसम्म पक्राउ परेका युवकले सिरिन्ज आक्रमण आफूले गरेको हो भने स्वीकारेको छैन,’ उनले भने ।

काभ्रेमा सोमबार बिहान दुई महिलामाथि सिरिन्ज आक्रमण भएको थियो । एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । लगत्तै स्थानीयबासीको समूहले चारदोबाटोस्थित बसपार्कबाट एक जनालाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

प्रहरीलाई जिम्मा दिने क्रममा स्थानीयले पक्राउ परेका युवकलाई कुटपिट गर्दा केहीबेर तनाव उत्पन्न भएको थियो । तर, अहिले साम्य भइसकेको एसपी सापकोटाले बताए । सिरिन्ज आक्रमणमा परेका दुबै महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको छ ।

प्रकाशित समय १६:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु