fbpx

गृहपृष्ठ डाइपरमा लुकाएर सुन तस्करी, २ जना पक्राउ

डाइपरमा लुकाएर सुन तस्करी, २ जना पक्राउ

pakrau-arrest-newskarobar

डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कतारको दोहामा तीन वर्ष वैदेशिक रोजगारीका क्रममा बसेर फर्किएका मोरङका लीलाबहादुर बस्नेत सुनसहित पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त टोलीले बस्नेतलाई पक्राउ गरेको हो । उनले आफू स्वदेश फर्किने क्रममा एक जनाले डाइपर लगिदिनु भनेर निश्चित रकम दिनएकाले ल्याएको बयान दिएको प्रहरीले बताएको छ । डाइपरको बटममा ‘रिङ’ बनाएर उनले सुन भित्र्याएका थिए ।

प्रहरीको बस्नेतलाई पक्राउ गरेलगत्तै उस्तै शैलीबाट सुन तस्करी गर्ने वीरबहादुर थारुलाई पनि पक्रेको छ । उनको साथबाट करिब दुई सय ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १८:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु