fbpx

गृहपृष्ठ पूर्व मुख्यसचिव बलरामसिंह मल्लको निधन

पूर्व मुख्यसचिव बलरामसिंह मल्लको निधन

पूर्व मुख्यसचिव बलरामसिंह मल्लको बिहीबार निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित मल्लको ७८ वर्षको उमेरमा बिहान ३ः१५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको उनका भाइ राजुमानसिंह मल्लले जानकारी दिए ।

ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आएका मल्ल लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । वीरगन्जमा जन्मेका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मृगौला फालिएको थियो । उनका श्रीमती जमुना मल्ल, एक छोरा र तीन छोरी छन्। विसं २०४८ मा नेपाल सरकारको सचिवमा नियुक्त मल्ल २०५३ देखि २०५६ सालसम्म मुख्यसचिव थिए ।

उनी जर्मनीका लागि नेपाली राजदूतसमेत भएका थिए । मल्लको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई छोरा ब्रजेश मल्लले दागबत्ती दिभएका थिए । (रासस)

प्रकाशित समय १२:५६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु