fbpx

गृहपृष्ठ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भवन अभाव

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भवन अभाव

????????????????????????????????????

इन्जिनियरिङ पढ्ने विद्यार्थीको केन्द्रका रुपमा रहेको पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई अहिले भवनको अभाव भएको छ ।

क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कम मात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावका कारण उक्त क्याम्पसलाई नयाँ संकाय खोल्न वा सिट संख्या थप्न समस्या भएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताए । समयको मागअनुसार विषय र संकाय थप्नुपर्ने भए पनि भवन अभावले गर्दा थप्न नसकिएको उनको भनाइ थियो ।

‘हामीले यहाँ सिट बढाउन नसक्दा त्यसको मार विद्यार्थी र अभिभावकलाई परेको छ,’ सहायक क्याम्पस प्रमुख दुवाले भने, ‘विद्यार्थीहरु चर्को शुल्क तिरेर निजीमा जान बाध्य छन् ।” भवन अभावकै कारण भूकम्पले क्षति पुगेका पुरानो भवनलाई मर्मत मात्रै गरेर बस्नुपरेको जानकारी दिँदै उनले राणाकालीन यो भवन विसं २०७२ को भू्कम्पले  क्षति पु-याएकाले प्रशासनिक कार्यालयहरु रहेको भवनको भित्री भागमा मात्रै मर्मत गरेर सञ्चालनमा ल्याइएको छ, उक्त भवन पुनर्निर्माण गर्नुपर्ने भए पनि क्याम्पसको आयस्रोतले नभ्याउने र नेपाल सरकारले पुनर्निर्माणका लागि रकम दिएको छैन भने ।

यो क्याम्पसमा छवटा संकाय रहेकामा स्नातक तहमा रासायनिक इन्जिनियरिङ र स्नातकोत्तरमा रेलवे इन्जिनियरिङ विषय थप गर्ने क्याम्पसको  योजना छ । (रासस)

प्रकाशित समय १२:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु