fbpx
Nepal Mediciti

गृहपृष्ठ रोपाइँमा गएकी महिलाको करेन्टले लियो ज्यान

रोपाइँमा गएकी महिलाको करेन्टले लियो ज्यान

ropai-death-newskarobar

खेतमा धान रोप्ने क्रममा एक महिलाको विद्युतीय करेन्ट लागेर ज्यान गएको छ । घटना भीमेश्वर नगरपालिका–५, बिरुवामा बुधबार दिउँसोको हो । मध्य दिन जिल्लाको भीमेश्वर नगरपालिका ५ बिरुवामा शंकर बुढाथोकीको धान रोप्ने क्रममा स्थानीय पुष्कर बुढाथोकीकी पत्नी ४० वर्षीया दुर्गाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

बिजुलीको पोललाई सपोर्ट दिन पोलबाट खेतको आलीमा ढुंगाले बाँधेर छोडिएको तारमा करेन्ट सर्ट भई करेन्ट लाग्दा दुर्गाको घटनास्थलमै ज्यान गएको हो । घटनाबारे आवश्यक अनुसन्धान कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले भने नेपाल विद्युत प्राधिकरणको लापार्बाहीका कारण विद्युत सर्ट भएको बताए । काठको पोलबाट आलीको ढुंगामा बाँधेको तारबाट करेन्ट प्रवाह भएकोले उनलाई करेन्ट लागेको हो । स्थानीय रामचन्द्र केसीका अनुसार पुराना काठका पोल परिवर्तनका लागि १० वटा फलामे पोल आवश्यक भयो भन्दा प्राधिकरणका कर्मचारीले कुलमानै आए पनि समस्या समाधान नहुने भन्दै २ वटा पोल थमाउने जस्ता गैरजिम्मेवार जवाफ दिने गरेकोले यस्तो घटना भएको आरोप लगाए । मृतकका आफन्तले बिहीबार विहानसम्म लास बुझेका छैनन् ।

प्रकाशित समय १४:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु