गृहपृष्ठ दुर्घटनामा नेविसंघ नेता अधिकारीको निधन

दुर्घटनामा नेविसंघ नेता अधिकारीको निधन

durghatana-newskarobar सांकेतिक तस्बिर

नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तिलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । प्रहरीका अनुसार सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको  हो ।

नारायणगढतर्फ आउँदै  गरेको ना७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाकाएको छ ।  मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहे पनि भने चालक फरार छन् ।

प्रकाशित समय ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु