fbpx

गृहपृष्ठ लागु औषधसहित ६ जना पक्राउ

लागु औषधसहित ६ जना पक्राउ

pakrau-arrest-newskarobar

म्याग्दीको बेनी नगरपालिकामा लागुऔषधसहित ६ जना युवायुवती पक्राउ परेका छन् । बेनीमा सडकमा शंकास्पद रुपमा हिँडिरहेका युवायुवतीलाई प्रहरीको गस्ती टोलीले शनिबार साँझ लागु औषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा २ युवती र ४ जना युवक छन् ।

रघुगंगा गाउँपालिका–१, बेगखोलाका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८ का २३ वर्षीया रेजिना श्रेष्ठ, मंगला–३, बराङ्जाका २२ वर्षीया सीता केसी, बेनी–९, गलेश्वरका २१ वर्षीय राजकुमार शेरपुञ्जा, बेनी–८, का २८ वर्षीय विजय बानियाँ र रघुगंगा–६, पाखापानीका २० वर्षीय प्रवीण छन्त्याल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

उनीहरुको साथबाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु