गृहपृष्ठ फलामको रडले लागेर बाँकेमा एकजनाको मृत्यु

फलामको रडले लागेर बाँकेमा एकजनाको मृत्यु

death-newskarobar

बाँकेको विनौनामा पुल बनाउने क्रममा फलामको रडले लागेर एक जनाको मृत्यु भएको छ । रडले लागेर भारतीय नागरिक मनिउल हकको मृत्यु भएको हो । घटनामा भारतकै कुसुम मण्डल र तिरुल हक घाइते भएका छन् ।

शुक्रबार राप्ती सोनारी गाउँपालिका–५, विनौनास्थित राप्ती नदीमा पुल बनाउने क्रममा ३२ इन्चको रड उठाउँदा उनीहरुको टाउकोमा लागेको थियो । रडले लागेर घाइते भएका मनिउल हकको उपचारका क्रममा नेपालगन्जस्थित नर्सिङ होममा मृत्यु भएको हो ।

अन्य दुई जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु