fbpx
Nepal Mediciti

गृहपृष्ठ चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ

चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ

pakrau-arrest-newskarobar

चिठ्ठामा २५ लाख रुपैयाँ परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई १ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

निजहरुले चिठ्ठा परेको भन्दै शेर्पालाई दस्तुर (कर) बापत पटक–पटक गरी मरिकको नाममा ४५ हजार र ७५ हजार गरी १ लाख २० हजार रुपैयाँ विराटनगरको एक बैंकको खातामा रकम पठाएपछि मरिक सम्पर्कविहीन भएका थिए ।

पक्राउ परेका मलाहा यसअघि विसं २०७५ पुस २६ गते यसरी नै ठगीमा पक्राउ परी जिल्ला अदालत मोरङबाट २ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगीसम्बन्धी कसरअन्तर्गत अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित समय १०:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु