fbpx
Nepal Mediciti

गृहपृष्ठ हत्या आरोपमा पक्राउ

हत्या आरोपमा पक्राउ

pakrau-arrest-newskarobar

हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह–१० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरेको छ ।

जेठ २७ गते स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ५५ वर्षीय राजेश अधिकारीको शव भीरकोट नगरपालिका–१ स्थित मुल्की चौपारीमा भेटिएको थियो । अधिकारीलाई मृत अवस्थामा भेटेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालसहितको टोलीले घटनाका बारेमा अनुसन्धान थालेको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको तालिमप्राप्त कुकुरको संकेतका आधारमा अनुसन्धान गर्दै जाने क्रममा जेठ २६ गते राति राजेश अधिकारीले काम गरेको पैसा माग्दै तथानाम गाली गरेको र आफ्नो आत्मसम्मानमा चोट पुर्याएको भन्दै हथौडा र काठको चिर्पट प्रहार गरी घाइते बनाएर छोडेकाले अधिकारीको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

हत्या आरोपमा पक्राउ परेका सूर्यवंशीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित समय ०९:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु