fbpx
Nepal Mediciti

गृहपृष्ठ खानेपानीका लागि साढे नौ करोड

खानेपानीका लागि साढे नौ करोड

तनहुँ निर्वाचन क्षेत्र नं १ मा खानेपानी आयोजना निर्माणका लागि संघीय सरकारले साढे नौ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन हुने गरी विभिन्न आयोजनाका लागि ९ करोड ५० लाख बजेट विनियोजन गरेको हो ।

क्षेत्र नं १ अन्तर्गत विभिन्न आठ योजनाका लागि मन्त्रालयले बजेट विनियोजन गरेको सांसद कृष्णकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार डुम्रे खानेपानी तथा सरसफाइ आयोजनाका लागि दुई करोड, आँबुखैरेनी साना सहरी खानेपानी योजनाका लागि २ करोड ५० लाख, बन्दीपुर बृहत् पम्पिङ खानेपानी योजनाका लागि एक करोड र भानु नगरपालिका बृहत् पम्पिङ खानेपानी योजनाका लागि एक करोड विनियोजन गरिएको छ ।

त्यस्तै बन्दीपुर ढल निर्माण तथा प्रशोधन योजनाका लागि एक करोड, व्यास ढल निर्माण तथा प्रशोधनका लागि एक करोड, भादगाउँ सह–लगानी खानेपानी तथा सरसफाइ योजनाका लागि एक करोड र मिर्लुङ सतिस्वाँरा बृहत् खानेपानी योजनाका लागि एक करोड विनियोजन गरिएको सांसद श्रेष्ठले जानकारी दिए । (रासस)

प्रकाशित समय १५:२५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु