गृहपृष्ठ युवतीमाथि एसिड प्रहार गर्नेलाई ४ वर्ष कैद

युवतीमाथि एसिड प्रहार गर्नेलाई ४ वर्ष कैद

दाङमा युवतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई जिल्ला अदालतले ४ वर्ष कैद फैसला सुनाएको छ ।

न्यायाधीश हेमन्त रावलको इजलाशले घोराही उपमहानगरपालिका–१७ कि २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्जका ३७ वर्षीय बद्रिविशाल मिश्रलाई ४ वर्ष कैदको फैसला सुनाएको हो ।

रीतामाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई ४ वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना र पीडितलाई १ लाख ४५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको छ । अदालतले जरिवानास्वरूपको एक लाख पनि पीडितलाई नै उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपाईंले बताए ।

घटनाका आरोपित घोराही–१७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीले भने सफाइ पाएका छन् । २०७२ फागुन २७ गते साँझ पसलमै बसेका बेला रीतामाथि एसिड प्रहार भएको थियो । उनको छाती र घाटीको भाग जलेको थियो ।

प्रकाशित समय १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु