fbpx
Nepal Mediciti

गृहपृष्ठ अपांगता भएकाहरुका लागि सीपमूलक तालिम

अपांगता भएकाहरुका लागि सीपमूलक तालिम

disable-surkhet-newskarobar

अपांगता भएकाहरुका लागि एक हप्ते व्यावसायिक अगरबत्ती तथा बाख्रापालन तालिम वीरेन्द्रनगरमा सुरु भएको छ । सुर्खेत नेत्रहीन संघ एनएबी परियोजनाको आयोजना तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा तालिम आयोजना गरिएको हो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महिला विकास महाशाखाका अधिकृत विश्वमणी जोशीले तालिम प्राप्त भइसकेपछि व्यवसायलाई निरन्तरता दिन व्यवसायीक कार्ययोजना बनाउनुपर्ने बताइन् ।

उनले अपांगता भएका व्यक्तिहरुको अवस्था हेरेर व्यावसायिक तालीम दिनुपर्ने भन्दै व्यवसायलाई दिगो बनाउन समीक्षासमेत गनुपर्नेमा जोड दिइन् । तालिममा १५ जनाको सहभागिता छ । तालिमको प्रशिक्षक सम्झना बडुवालले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेमात्रै प्रभावकारी हुने बताइन् । कार्यक्रम सुर्खेत नेत्रहीन संघका अध्यक्ष तोरण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित समय १८:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु