fbpx
Nepal Mediciti

गृहपृष्ठ पोखरामा सवारी दुर्घटनामा एक युवकको मृत्यु

पोखरामा सवारी दुर्घटनामा एक युवकको मृत्यु

durghatna-accident-newskarobar

पोखरामा सवारी दुर्घटनमा परी एक युवकको मृत्यु भएको छ । काभ्रे जिल्ला घर भई हाल पोखरामा मजदुरी गर्दै आएका २० वर्षीय कृष्ण चौलागाईंको सवारी दुर्घटनामा परी मंगलबार मुत्यु भएको प्रहरीले जनाएको छ ।

पृथ्वीचोकदेखि अमरसिंहचोकतर्फ जाँदै गरेको बा. १४ च ५८१२ नम्बरको तरकारी बोक्ने भ्यानले सोही दिशातर्फ जाँदै गरेको ग. ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक चौलागाईंको मुत्यु भएको हो । मंगलबार बिहान करिब ११ः४० बजे पोखरा रंगशालाअगाडिको सडकमा भएको दुर्घटनापछि उपचारका लागि पोखरा हस्पिटल पु–याइएका चौलागाईंलाई चिकित्सकले मृत घोषणा गरेका थिए । भ्यान चालक नवलपरासीका ४० वर्षीय कृष्ण सुवेदीलाई प्ररीहरीले नियन्त्रणमा लिएको छ ।

मृतक चौलागाईंको शव पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । चौलागाईं नेट म्याक फाइवरमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु