fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश १ मा छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

प्रदेश १ मा छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

mritu_newskarobar

प्रदेश १ मा छुट्टाछुट्टै घटनामा सोमबार तीनजनाको मृत्यु भएको छ । पाँचथरको फिदिम, सुनसरीको धरान र सोलुखुम्बुको थुलुङ दूधकोशीमा तीनजनाको विभिन्न कारणले मृत्यु भएको हो ।

पाँचथरको फिदिम नगरपालिका–६ याङदिन स्थित खोल्सामा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ । सोमबार दिउँसो श्रीमानटारका सुस्मिता तुम्रोकका छोरा वर्ष १३ वर्षीय गोरे तुम्रोकको खोल्सामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालकको शव परीक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको प्रदेश प्रहरी कार्यालय विराटनगले जनाएको छ ।

यस्तै, सुनसरीको धरानमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१७ पट्नालीकी बस्ने ५५ वर्षीया धनमाया कार्कीको सोमबार करेन्ट लागेर मृत्यु भएको हो । घरनजिकै रहेको साजको रुखमा चढेर घाँस काट्ने क्रममा घाँसको हाँगाले विद्युतको नाङ्गो तारमा छोएपछि करेन्ट लागेर गम्भीर घाइते भएकी कार्कीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–५ देउसामा सोमबार बिहान भीरबाट लडेर एक जनाको ज्यान गएको छ । स्थानीय मारेप्सिदु भीरबाट अचानक लडी ५ सय मिटर तल खस्दा दूधकोशी गाउँपालिका–६ की ५९ वर्षीया जोडीमाया राईको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १९:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु