fbpx
Nepal Mediciti

गृहपृष्ठ भारतीय मिडियाको आरोप- बसुरुद्दीन अन्सारी दाउदका एजेन्ट

भारतीय मिडियाको आरोप- बसुरुद्दीन अन्सारी दाउदका एजेन्ट

Basaruddin Ansari_NewsKarobar

भारतीय मिडियाहरूले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका पर्सा जिल्ला नेता एवं नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारी अन्डरवर्ल्ड डन दाउदको नेपाल एजेन्ट भएको आरोप लगाएका छन् ।

भारतको निजी समाचार एजेन्सी आईएएनएसले हालै नक्कली नोटसहित पक्राउ परेका युनुस अन्सारी र उनका भाइ नसीम अन्सारीबाहेक वीरगन्जका नेता बसरुद्दीन अन्सारीमाथि पनि दाउद इब्राहिमसँग सम्बद्ध भएको आरोप लगाइएको छ ।

अन्सारी स्थानीय तहको गत निर्वाचनमा एमालेका तर्फबाट वीरगन्जको मेयरमा उठेका थिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिएको आईएएनएसको समाचारलाई धेरै भारतीय मिडियाले स्रोतका रुपमा लिएर प्रकाशन तथा प्रशारण गर्ने गर्छन् । आईएएनएसले गत निर्वाचनका क्रममा जीन्यूजका टिमसँग मिलेर अक्षय कुमारद्वारा लिइएको भनिएको पूर्वभुक्तानी गरिएको मोदीको अन्तर्वार्ता प्रायः सबै भारतीय टेलिभिजन च्यानलहरूबाट एकै साथ प्रशारित गराएको थियो ।

‘बसरुद्दीनले एउटा निजी प्रतिष्ठान नेसनल मेडिकल कलेज चलाउँछन्, जुन दाउदद्वारा लगानी गरिएका आरोप छ,’ आईएएनएसको समाचारमा भनिएको छ– ‘यसका सट्टा डी कम्पनीले नेपाल–भारतका सीमाका माध्यमबाट नक्कली नोटको तस्करीका लागि बसरुद्दीनका केही सुरक्षित परिसरहरू उपयोग गर्ने गरेको छ ।’

युनुस अन्सारीसहित ६ जना नक्कली नोटसहित पक्राउ परेपछि भने भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले सतर्कता बढाएको समाचारमा उल्लेख छ । नेपाल प्रहरीले यही जेठ १० गते २ हजार दरका ७ करोड ६७ लाख ९४ हजारसहित अन्सारीसहित ६ जनालाई पक्राउ गरेको गरेको थियो । कतार एयरवेजबाट काठमाडौं आएका पाकिस्तानीहरु नासिर उद्दिन, मोहमद अख्तर र नादिया अनवरसँग नक्कली नोट लिन गएका युनुस र उनका सहयोगीहरू सुयल खान र गाडी चालक सुदन रानाभाट पक्राउ परेका हुन् ।

एकपटक नक्कली नोट प्रकरणमै जेल परिसकेका र जेलभित्रै भारतीय सार्पसुटरद्वारा मार्ने प्रयास भइसकेका युनुस आफै नक्कली नोट लिन किन गए भन्ने प्रश्न उब्जिएको छ । सुरक्षासूत्रहरूले बाहिर बस्दा ज्यानको खतरा बढेपछि उनी जानीजानी यो प्रकरणमा आफै बाहिर आएको बताएका छन् ।

आईएएनएसको समाचारमा भने युनुस नेपालस्थित पाकिस्तानी दूतावासको नजिकको सम्पर्कमा रहेको, बारम्बार पाकिस्तानी दूतावास आउजाउ गर्ने गरेको आरोप लगाइएको छ । यतिमात्र नभइ अन्सारी पाकिस्तान हुँदै दोहा पुगेर आएको आरोपसमेत लगाइएको छ, जबकी उनी पाकिस्तानीहरुबाट रकम बुझ्न पुगेका बेला पक्राउ परेका थिए ।

भारतीय मिडियाले नेपालका नाम चलेका मुश्लिम समुदायका राजनीतिक नेता वा व्यवसायीमाथि पाकिस्तानसँग सम्बद्ध भएको आरोप लगाएको यो पहिलो पटक भने होइन ।

प्रकाशित समय १६:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु