fbpx
Nepal Mediciti

गृहपृष्ठ हात्तीले सुकुम्बासी बस्तीका घर र मन्दिर भत्काए

हात्तीले सुकुम्बासी बस्तीका घर र मन्दिर भत्काए

महोत्तरी जिल्लाको सुकुम्बासी बस्तीमा जंगली हात्तीको समूहले आधा दर्जन घर भत्काएको छ । बर्दिबास नगरपालिका–८ स्थित सुकुम्बासी बस्तीमा जंगलबाट सात–आठवटाको संख्यामा आएको हात्तीको बथानले स्थानीय विक्रम महतो, शान्ति महतो, भरत महतो, पदम भुजेल, सञ्जीव कापर र राधे विकको घर भत्काएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

हात्तीले सोही बस्तीमा रहेको शिव मन्दिरको पर्खालसमेत भत्काइदिएको प्रहरीले जनाएको छ । जंगलबाट आएका हात्तीले घरहरु भत्काउन थालेपछि सो बस्तीमा भागाभाग भएको छ भने स्थानीयवासी निकै भयभित भएका छन् । ती हात्तीले कुनै मानवीय क्षति नपु¥याएको प्रहरी उपरीक्षक कार्कीले बताए । (रासस)

प्रकाशित समय १५:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु