गृहपृष्ठ पाँचथरको फिदिममा आगलागी, एउटा घर जलेर ध्वस्त

पाँचथरको फिदिममा आगलागी, एउटा घर जलेर ध्वस्त

panthar-agolagi-newskarobar

पाँचथरको फिदिम नगरपालिका मेनरोडमा रहेको पसलसहितको घरमा आगलागी भएको छ । मेनरोडनजिकै रहेको कपडा पसलमा विद्युत सर्ट भएर आगो लाग्दा काठको घर पूर्णरुपमा जलेको छ भने दुईवटा सिमेन्टका घरमा आंशिक क्षति भएको छ ।

आगो दिउँसो सवा १ बजे लागेको हो । दमकल र स्थानीयबासीको सहयोगमा साढे २ बजे आगो नियन्त्रणमा लिइएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडलले जानकारी दिए । उनका अनुसार क्षतिको यकिन विवरण भने आएको छैन ।

प्रकाशित समय १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु