fbpx

गृहपृष्ठ जनचेतनाका लागि भित्तेचित्र कोर्दै विराटनगरका अभियन्ता

जनचेतनाका लागि भित्तेचित्र कोर्दै विराटनगरका अभियन्ता

sarsafai-biratnagar-newskarobar

समाज परिवर्तन युवाको काँधमा भन्दै हातमा झाडु लिएर सरसफाइ अभियान सुरु गरेको विराटनगर स्थित ‘परिवर्तनका लागि हातेमालो’ले जनचेतनाका लागि सांकेतिक भित्तेचित्र अभियानलाई निरन्तरता दिएको छ । डेढ वर्षदेखि सरसफाइ अभियानमा जुटेको हातेमालोले अभियानको ११औं हप्तादेखि विराटनगर र आसपासका क्षेत्रहरुमा जनचेतनाका लागि सांकेतिक भित्तेचित्र बनाउँदै आएको छ ।

अभियन्ताले शनिबार पोखरिया उच्च माध्यमिक विद्यालयको पर्खालमा बलात्कारविरुद्ध र सरसफाइसम्बन्धी भित्तेचित्र बनाएका छन् । संस्थाका अध्यक्ष विनोद परियारले सार्वजनिक संस्थाका भित्ता र पर्खालमा व्यापारिक विज्ञापनले कुरुप बनाएको देखेर आफूहरुले जनचेतनामूलक चित्र कोर्ने अभियान सुरु गरेको बताए ।

भित्तेचित्र अभियानले थोरै व्यक्तिको भए पनि सोचमा परिर्वतन गर्ने उनले विश्वास व्यक्त गरे । ‘यो अभियान सकारात्मक सोचको विकासका लागि हो,’ उनले भने, ‘यसले स्थानीय तहको पनि आँखा खोल्ने विश्वास लिएका छौं ।’

सडक सरसफाइ अभियानमा विराटनगरमा जारी सडक निर्माण कार्यले अवरोध गरेपछि भित्तेचित्र अभियानमा आफूहरु लागेको परियारले बताए । भाषण र आश्वासनले मात्रै समाज अनि देश कहिल्यै परिवर्तन नहुने भन्दै परियारले समाज परिर्वतनका लागि स्थानीयको सहभागिता र जनचेतना महत्वपूर्ण रहेको बताए । अभियानमा सहभागी अभियन्ता सरोज कोइरालाले संस्थामा आबद्ध भएदेखि ‘शनिबार कहिले आउँछ’ जस्तो लाग्ने प्रतिक्रिया दिए । अभियानलाई चाँडै प्रदेश १ हुदै देशव्यापी बनाउने ‘परिवर्तनका लागि हातेमालो’ले जनाएको छ ।

प्रकाशित समय २०:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु