fbpx
Nepal Mediciti

गृहपृष्ठ यार्सागुम्बा र नगदसहित २० जना पक्राउ

यार्सागुम्बा र नगदसहित २० जना पक्राउ

pakrau-arrest-newskarobar

डोल्पाको ढाढाचौर यार्सापाटनबाट अवैध रुपमा छिरेका २० जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् ।

सुम्दो चेकपोष्टबाट खटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले ढाढाचौर यार्सापाटनबाट १६ पुरुष र चार महिलासहित २० जनाको समूहलाई पक्राउ गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए ।

पक्राउ पर्ने सबै जुम्लाका भएकोे निकुञ्जले जनाएको छ । उनीहरुबाट १ सय ५० वटा यार्सागुम्बा, दुई लाख ८१ हजार रुपैयाँ, कुटो १८, हँसिया एक थान र मोबाइललगायत सामानहरु बरामद गरिएको निमित्त संरक्षण अधिकृत यादवले जानकारी दिए ।

उनीहरु यार्सापाटन खुला गर्ने समय अगावै अवैध रुपमा चोरी–तस्करी गर्ने उद्देश्यले पाटनमा छिरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जको भनाइ छ । वैशाखदेखि हालसम्म यार्सा पाटनबाट ५२ जना यार्सागुम्बा तस्कर पक्राउ गरिसकेको निकुञ्जले जनाएको छ ।

यसअघि पनि नेपाली सेनाको गस्ती टोलीले निकुञ्ज क्षेत्रमा पर्ने फेरीगाउँबाट कस्तुरीको छाला र १० वटा पासो बेवारिसे अवस्थामा फेला पारेर निकुञ्जलाई बुझाएको थियो ।

प्रकाशित समय ०८:४२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु