fbpx
Nepal Mediciti

गृहपृष्ठ दिगो शान्ति र राष्ट्रिय एकतामा राष्ट्रपति भण्डारीको जोड

दिगो शान्ति र राष्ट्रिय एकतामा राष्ट्रपति भण्डारीको जोड

rastrapati-newskarobar फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै आर्थिक समृद्धि, सामाजिक विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न दिगो शान्ति र राष्ट्रिय एकतामा जोड दिएकी छन् ।

भ्ण्डारीले समृद्धिको लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको बताएकी छन् । समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आ–आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न राष्ट्रपतिको आहृवान छ ।

विश्वशान्तिका अग्रदूत बुद्धका उपदेश र मार्गदर्शनको परिपालना गर्न सके राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने राष्ट्रपति भण्डारीको विश्वास छ । उनले एकापसमा सहिष्णुता, सदभाव, अहिंसा र विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

यसैबीच, राष्ट्रपति भण्डारीले किराँत समुदायको उभौली पर्वका अवसरमा अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णलाई सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । प्रकृतिपूजक किराँत समुदायलाई धर्तीको वातावरण स्वच्छ राख्न आजको दिनले थप प्रेरणा प्रदान गर्ने भण्डारीको विश्वास छ ।

प्रकाशित समय ०७:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु