fbpx
Nepal Mediciti

गृहपृष्ठ आज २५ सय ६३औँ बुद्ध जयन्ती

आज २५ सय ६३औँ बुद्ध जयन्ती

Lumbini-Mayadevi-Mandir

आज २५ सय ६३औँ बुद्ध जयन्ती । देशभर भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । हरेक वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

सिद्धार्थ गौतमको जन्म नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५ सय ६१ वर्षअघि वैशाख शुक्ल पूर्णिमाकै दिन भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागेर सत्यको खोजीमा लागेका थिए ।

बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन पर्छ । त्यसैले वैशाख पूर्णिमाको दिन बौद्ध मार्गीहरुले त्रिसंयोगका रुपमा यो दिवस मनाउने प्रचलन छ ।

घर छाडेर हिडेको ६ वर्षपछि अनवरत तपस्यामार्फत् इसापूर्व ५२८ मा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएको मानिन्छ । त्यसको एक वर्षपछि बुद्धले सारनाथमा पहिलोपटक पाँच शिष्यलाई प्रवचन दिएका थिए । बुद्धले जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई व्याख्या गरेका छन् ।

बुद्धको ज्ञानलाई आर्य अष्टागिंक मार्ग र पञ्चशीलको उपदेश पनि भन्ने गरिन्छ । आर्य अष्टागिंक मार्गमा सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, हिंसा नगर्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु भन्ने उल्लेख छन् । बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्दु धर्मवालम्बीले बुद्धलाई विष्णु भगवानको अवतार मान्ने गर्छन् ।

आज रुपन्देहीको लुम्बीनी, काठमाडौँको बौद्ध, स्वयम्भू, चारुमति विहार, बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, काभ्रेको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्याली निकालिन्छ ।

प्रकाशित समय ०७:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु