गृहपृष्ठ पोखराको शुक्रराज माविका विद्यार्थीलाई पोशाक प्रदान

पोखराको शुक्रराज माविका विद्यार्थीलाई पोशाक प्रदान

पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दीको शुक्रराज माविका विद्यार्थीहरुलाई ४ सय थान कपडा वितरण गरिएको छ ।

बिहीबार विद्यालयमा आयोजित कार्यक्रमका बीच अन्तर्राष्ट्रिय पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष जगदिश वैद्यले कपडा हस्तान्तरण गरेका हुन् । अध्यक्ष वैद्यले ७ जना शिक्षिका र २५ जना शिक्षकहरुको लागि समेत पोशाकका लागि ३२ सेट कपडा उपलब्ध गराउने बताए ।

वैद्यले पुम्दी भुम्दी ठुलीविडीमा रहेको शिव मन्दिरमा करिब ३० किलोग्रामको घण्टासमेत सहयोग गरेका छन् ।

प्रकाशित समय १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु