fbpx

गृहपृष्ठ ‘सरकार सञ्चारकर्मीलाई तर्साएर भ्रष्टाचारमा लिप्त हुन खोज्दैछ’

‘सरकार सञ्चारकर्मीलाई तर्साएर भ्रष्टाचारमा लिप्त हुन खोज्दैछ’

rajeshwor-nepali-newskarobar

प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले सरकार दुई तिहाइको दम्भमा सञ्चार र सञ्चारकर्मीलाई तर्साएर भ्रष्टाचारमा लिप्त हुन चाहेको बताएका छन् । नेपाली सञ्चार जगतलाई सम्वर्धन र सहयोग गर्नुपर्नेमा सरकारले मिडिया काउन्सिल विधेयक ल्याएर पत्रकार र सञ्चारमाध्यमलाई तर्साउन खोजेको उनको आरोप छ ।

संविधान प्रदत्त प्रेस स्वतन्त्रताको अधिकारलाई कुण्ठित गर्न नहुने भन्दै उनले सरकारले प्रेस काउन्सिल स्थापनाको ५०औं जयन्ती मनाउनुपर्नेमा विघटन गर्न चाहेको बताए । ‘यसको हामी सबै पत्रकार मिलेर विरोध गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित समय १८:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु