fbpx
Nepal Mediciti

गृहपृष्ठ धनकुटाको खुवाटारबाट ८ किलो गाँजा बरामद

धनकुटाको खुवाटारबाट ८ किलो गाँजा बरामद

gaja baramad-newskarobar

धनकुटाको शहीदभुमी गाउँपालिका–२ अखुवाटार जंगलबाट प्रहरीले ८ किलो लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले सोही जंगल स्थित बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर वेवारिसे अवस्थामा लुकाइ छिपाइराखेको गाँजा बरामद गरेको हो ।

बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ भने गाँजा लुकाउनमा संलग्नको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १२:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु