fbpx
Nepal Mediciti

गृहपृष्ठ बागलुङमा वर्षापछि बाढी, तीन घरमा क्षति

बागलुङमा वर्षापछि बाढी, तीन घरमा क्षति

सोमबार साँझ परेको भारी वर्षाका कारण बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–६ खालमा तीन घरमा ठूलो क्षति पु¥याएको छ । पानीसँगै माथिबाट आएको भलले लोकमार्ग छेउमै रहेको स्थानीय गोठे सार्कीको छाप्रे घर पुरेको छ भने गोपाल श्रेष्ठ र गङ्गे सार्कीको घरमा बाढी पसेका कारण पनि क्षति पुगेको वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिए ।

घ्वाङ्गखोलाको भलसहित आएको बाढीले घरमा क्षति पु¥याउँदा बस्नै नमिल्ने गरी क्षति पु¥याएको हो । विस्थापित तीन घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । माथिबाट आएको बाढीका कारण झण्डै दुई घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो ।

बाढीका कारण लोकमार्ग अवरुद्ध भएपछि तत्कालै जेसिभीको सहायताले सडक खुलाइएको अध्यक्ष क्षेत्रीले बताए । करीब एक घण्टासम्म आएको भारी वर्षाका कारण स्थानीय त्रसित भएका थिए ।
(रासस)

प्रकाशित समय ११:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु