fbpx
Rashifal Ad

गृहपृष्ठ एभिन्यूज टेलिभिजनको वीरगन्ज कार्यालयमा तोडफोड

एभिन्यूज टेलिभिजनको वीरगन्ज कार्यालयमा तोडफोड

एभिन्यूज टेलिभिजनको वीरगन्जस्थित कार्यालयमा तोडफोड भएको छ । एभिन्युज टेलिभिजनको ‘सकस राजनीति’ कार्यक्रममा आइतबार समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवसँगको अन्तर्वार्ताको विषलाई लिएर तोडफोड भएको आशंका गरिएको छ ।

एभिन्यूज टेलिभिजनका प्रदेश नम्बर दुईका संयोजक राजीव श्रेष्ठका अनुसार यादवको अन्तर्वार्ता प्रशारण भएको विषयमा आक्रोशित उनका कार्यकर्ताले तोडफोड गरेका हुन् । घटनाका विषयमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित समय १४:४४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु