fbpx
Nepal Mediciti

गृहपृष्ठ मगरात प्रदेशको माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ

मगरात प्रदेशको माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ

प्रदेश ५ लाई मगरात प्रदेश घोषणा गर्नुपर्ने माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ गरिएको छ । नेपाल मगर संघ प्रदेश ५ कमिटील मगरात राज्य घोषण गर्नुपर्ने माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ गरेको हो ।

मगरात प्रदेश हुनुपर्ने भन्दै संकलन गरिएको हस्ताक्षरसहित मुख्यमन्त्री कार्यालय घेराउ गरिएको थियो । नेपाल मगर संघ प्रदेश ५ का संयोजक दलबहादुर विरकट्टा मगरले आफूहरुको माग सम्बोधनको लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

उनका अनुसार प्रदेश ५ का सबै जिल्लाहरुबाट संकलन गरिएको मगरात प्रदेश घोषणाको माग सहितको हस्तक्षरण मुख्यमन्त्री शंकर पोखरेललाई बुझाइएको छ ।

प्रकाशित समय १६:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु