fbpx
Nepal Mediciti

गृहपृष्ठ झापाको कनकाई पुलमा बम फेला, सेनाद्वारा निष्क्रिय

झापाको कनकाई पुलमा बम फेला, सेनाद्वारा निष्क्रिय

bomb_kankai-newsakrobar

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नदीको पुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । बम भेटिएपछि दुई घण्टादेखि राजमार्ग नै अवरुद्ध भएको थियो ।

आइतबार बिहानै पुलमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु राखिएको ठाउँमा गोर्खा नेपाल जनमुक्ति मोर्चाको पर्चा भेटिएको छ । पर्चामा सुगौली सन्धिमार्फत नेपालले गुमाएको भूमि फिर्ता हुनुपर्ने, २०४६ सालदेखि अहिलेसम्म विदेशीलाई दिएको अंगीकृत नागरिकता खारेज हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, भ्रष्टाचारीलाई कारबाही हुनुपर्नेलगायतका माग लेखिएको छ ।

प्रकाशित समय १०:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु