गृहपृष्ठ समृद्ध सिन्धुलीले असोज १५ गते सिन्धुलीगढी विजय दिवस मनाउने

समृद्ध सिन्धुलीले असोज १५ गते सिन्धुलीगढी विजय दिवस मनाउने

sindhuliadhi-Montage-newskarobar

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा अंग्रेजलाई परास्त गरेको दिनको सम्झनामा मनाइने विजयोत्सव असोज १५ गते गर्ने भएको छ । अंग्रेजमाथि गोर्खाली सेनाले विजय प्राप्त गरेको दिन भनेर यसअघि हरेक वर्ष कात्तिक २४ गते विजयोत्सव मनाइँदै आएको थियो । इतिहासकारहरुसँगको छलफलपछि अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन विजयोत्सव मनाउन लागिएको अभियन्ता सौरभ ढकालले बताए ।

इतिहासकार प्रा. दिनेशराज पन्तले भारतमा शासन गरिरहेको तत्कालीन इष्ट इन्डिया कम्पनी (ब्रिटिस सेना)लाई सिन्धुलीगढीमा असोज १५ गते परास्त गरेको प्रामाणिक इतिहास रहेको बताए । ‘कात्तिक २४ गते विजयोत्सव मनाउनु इतिहासलाई बंग्याउनु हो,’ उनले भने, ‘काम गर्दा मानवीय त्रुटि हुनसक्छ । त्यसलाई नसच्चिनु कमजोरी हुन्छ । अबको विजयोत्सव असोज १५ मा नै मनाउनुपर्छ।’

प्रकाशित समय १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु