fbpx
Nepal Mediciti

गृहपृष्ठ फेवातालको बीच भागमा कफी सप !

फेवातालको बीच भागमा कफी सप !

फेवातालको बीच भागमा कफी सप बनाउने प्रदेश सरकारले तयारी गरेको छ । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले फेवातालको बीच भागमा कफी सप बनाउने प्रदेश सरकारको योजना रहेको बताएका छन् ।

पोखरा आउने पाहुनालाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नयाँ किसिमको कफी सप स्थापना गर्न डिपिआरको तयारी भएको मन्त्री लम्सालले बताए । उनले भने, ‘फेवातालको बीच भागमा माटो थुपारेर नयाँ किसिमबाट हामीले कफी सप संचालन गर्न खोजेका छौं, यसको डिपिआर तयार भएपछि संचालन नीजि क्षेत्रलाई दिन सक्छौं ।’

उनका अनुसार ताल प्राधिकरण गठन भएसँगै त्यसको सम्पूर्ण व्यवस्थापनको जिम्मा प्राधिकरणले गर्ने छ । उनले भने, ‘पोखराको नयाँ प्रोडक्ट बनाउने र फेवातालको माटो व्यवस्थापन गर्ने गरी हामीले योजना अघि सारेका छौं, कफीको मूल्य व्यवसायीले तोक्न सक्छन्, तर अन्य क्षेत्रमा भन्दा फेवातालमा स्थापना हुने कफी सपमा केही महंगो भने अवश्य हुन्छ ।’

कफी सपमा कफी पिउन डुंगा सयसर गरेर जाने व्यवस्था हुने मन्त्री लम्सालले जनाए ।

प्रकाशित समय १३:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु