fbpx

गृहपृष्ठ ढलान सकिएको दुई दिनमै ढल्यो पुल, पाँच जना घाइते

ढलान सकिएको दुई दिनमै ढल्यो पुल, पाँच जना घाइते

गुल्मीको मुसिकोटमा ढलान सकिएको दुई दिनमै पक्की पुल भत्किँदा पाँच जना घाइते भएका छन् । आइतबार साँझ मुसिकोट नगरपालिका–३ वडागाउँ र ७ बामी जोड्ने झेदीको पुल भत्किँदा पाँच जना निर्माण व्यवसायी घाइते भएका हुन् । घाइते हुनेहरुमा मुसिकोट नगरपालिका ३ का २३ वर्षीय रामबहादुर कुमाल, ३३ वर्षीय गणेश कुमाल, वडा नं ४ का ५१ वर्षीय रुद्र बहादुर कार्की, बाग्लुङ्गको बडिगाढ गाउँपालिका ७ का जेसिवी चालक तुल बहादुर राना र ऋष्रिाम इटानी छन् । तीमध्ये इटानीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुई दिनमै कसरी ढल्यो पुल ?
जिल्ला प्राविधिक कार्यालयमार्फत वाइटी जय बुद्ध कन्स्ट्रक्सन प्रालिले करिब पाँच करोड लागतमा निर्माण गरेको बडिगाढ खोलाको उक्त पुल गत शुक्रबारमात्रै ढलान गरिएको थियो । तर, आइतबार साँझ पुल आफै भत्कियो । पुलको बीच भागमा पिल्लर नराखी निर्माण गरिएकाले ढलेको स्थानीयबासीले बताएका छन् । पुलको ढलान गर्दा लगाइएका टेकसाहरु भाँसिएको कारण पुल भत्किएको हुन सक्ने प्रदेश नं. ५ अन्तर्गतको भौतिक पूर्वाधार कार्यालयका प्रमुख बिनोद चौधरीले बताए । ‘त्यही पनि हामी पुलको स्थलगत अनुगमन गर्छौं अनि वास्तविकता भन्न सकिन्छ,’ उनले भने ।

तत्कालिन जिल्ला प्राविधिक कार्यालयका ईन्जिनीयर पारस पन्थीका अनुसार ५५ मिटर लम्बाई भएको पुल २०७३ सालमा सम्झौता भएपछि ०७४ सालबाट बनाउन थालिएको थियो ।

प्रकाशित समय १५:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु