fbpx
Nepal Mediciti

गृहपृष्ठ नेकपालाई लाग्यो नयाँ वर्ष, प्रधानमन्त्रीसँग चिया पिउन १० हजारलाई निम्तो

नेकपालाई लाग्यो नयाँ वर्ष, प्रधानमन्त्रीसँग चिया पिउन १० हजारलाई निम्तो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा १० हजार मानिसलाई चियापान गराउने भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, काठमाडौं क्षेत्र नं. ५(१)का सांसद नारायण सिलवाल र क्षेत्र नं. ५(२)का सांसद दीपक निरौलाले संयुक्त रुपमा नयाँ वर्षको अवसर पारेर चैत २९ गते (शुक्रबार) चक्रपथस्थित भ्याली पब्लिक स्कुलमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेका हुन् ।

बिहीबार धुम्बाराहीस्थित मुनलाइट पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार शुक्रबारको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, पूर्वमन्त्रीलगायत उपस्थित हुनेछन् । आपसी सद्भाव कायम गर्न तथा जनतासँग भावनात्मक रुपमा जोडिरहनका लागि चियापान कार्यक्रमको आयोजना गरिएको प्रदेश ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले बताए । कार्यक्रमको खर्च व्यवस्थापन काठमाडौं क्षेत्र नं. ५ को नेकपाले गर्ने उनले बताए । करिब १० हजार मानिस सहभागी हुने अपेक्षा गरिएकाले कार्यक्रम व्यवस्थापनमा सय जना स्वयमसेवक खटाइने सांसद सिलवालले जानकारी दिए ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सिलवालसहित प्रदेशसभा सदस्य दीपक निरौला, सिता अधिकारी, पूर्वसांसद रत्ना गुरुङ, शान्ति अधिकारी, काठमाडौ–४ का वडाअध्यक्ष मोहनबहादुर बिस्टलगायतको उपस्थित थिए ।

कार्यक्रमका लागि भन्दै चन्दा उठाउनेलाई कारबाही गरिने
शुभकामना आदान–प्रदान कार्यक्रमका लागि चन्दा नउठाइएको काठमाडौं क्षेत्र नं. ५ को नेकपाले जनाएको छ । यद्यपि, केही व्यक्तिले चन्दा उठाएको भन्ने सुन्नमा आएकाले छानबिन गरी कारबाही गर्ने विज्ञप्तिमा जनाइएको छ । ‘यस कार्यक्रमका लागि भन्दै केही अनाधिकृत व्यक्तिहरुबाट तत्कालिन नेकपा एमाले र नेकपा माओवादीको लेटर प्याड प्रयोग गरी आर्थिक सहयोग माग गरिएको भन्ने सुनिन आएकोले यस कमिटीबाट आर्थिक सहयोग नमागिएको र अनाधिकृत व्यक्तिहरुबाट भएका त्यस्ता गतिविधिहरु निरुत्साहित गर्न आवश्यक कारबाही अगाडि बढाइने छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय १७:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु