गृहपृष्ठ भक्तपुरमा फेरि बर्डफ्लु, २२ सय कुखुरा नष्ट

भक्तपुरमा फेरि बर्डफ्लु, २२ सय कुखुरा नष्ट

भक्तपुरको सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ ।

दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति नष्ट गरिएको हो । २२ सय ब्रोइलर कुखुरामा एचवानएनवान बर्डफ्लुको भाइरस भेटिएपछि पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक मधुराम न्यौपानेले जानकारी दिए ।

यसअघि गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्डफ्लु पुष्टि भएपछि ३ हजार लेयर्स कुखुरा नष्ट गरिएको थियो ।

प्रकाशित समय ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु