गृहपृष्ठ बारामा फेरि असिना–पानीसहित हुरी, पीडितको बिजोग

बारामा फेरि असिना–पानीसहित हुरी, पीडितको बिजोग

बारामा फेरि असिना पानीसहित हुरी आएको छ । मंगलबार बिहान असिना पानीसहित हुरी आएको हो । हुरीले पीडितकाे त्रिपाल  समेत उडाएको छ । त्रिपालमुनि बस्दै आएका पीडित झन समस्यामा परेका छन् । केही ठाउँमा बिजुलीको पोल समेत ढलेको छ । असिना पानी सहित हावाहुरी आएपछि पीडितहरु त्रसित भएका छन् ।

प्रहरीका अनुसार फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाई नगरपालिकामा क्षति पुगेको छ । हावाहुरीपछि रात वितरण र अस्थायी टहरा निर्माणको काम प्रभावित भएको छ । आधा घण्टासम्म आएको असिना पानी र हावाहुरीले निजगढ नगरपालिका र सिमरा उपमहानगरपालिका क्षेत्रमा पनि असर गरेको छ ।

स्थानीयका अनुसार असिनाले खाद्य बाली समेत नष्ट गरेको छ । गत आइतबार बारा– पर्सामा आएको हावाहुरीले २९ जनाको मृत्यु भएको थियो ।

तस्बिर : फेसबुकबाट

प्रकाशित समय १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु