fbpx
Nepal Mediciti

गृहपृष्ठ महोत्तरीमा निर्मला पन्तजस्तै घटना ! युवतीकाे बलात्कारपछि हत्या भएको आशंका

महोत्तरीमा निर्मला पन्तजस्तै घटना ! युवतीकाे बलात्कारपछि हत्या भएको आशंका

महोत्तरीमा एक युवतीको शव फेला परेको छ । सोनमा गाउँपालिका–२ सिंहासनीस्थित खेतमा अन्दाजी २०/२२ वर्षीया युवतीको शव शुक्रबार दिउँसो भेटिएको हो । उनको हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । युवतीको घाँटीमा निल डाम देखिएकाले कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । शवको प्रकृति हेर्दा २/३ दिन अघि नै उनको हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ ।

गहुँ गोरी वर्णकी ती युवती खैरो खालको सुरुवाल, हल्का निलो खालको कमिज र रातो सल लगाएकी उनको शव राहर खेतमा घोप्टो परेको अवस्थामा फेला परेको हो । उनका पहिचान हुन सकेको छैन । प्रहरीले शवबारे अनुसन्धान गरिरहेको छ । स्थानीयबासीले पनि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकै जस्तो बलात्कार गरी हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।

प्रकाशित समय १६:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु