गृहपृष्ठ पाँचथरमा आगलागीबाट ६ घर नष्ट

पाँचथरमा आगलागीबाट ६ घर नष्ट

सांकेतिक तस्बिर ।

पाँचथरको हिलिहाङ्ग गाउँपालिका–३ रमिते भिरमा लागेको आगो गाउँ पस्दा छ घर जलेर नष्ट भएको छ ।

शनिबार राति मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेर नष्ट भएको हो ।

बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको छ । जंगलमा लागेको आगो पनि नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु