fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपालगञ्जबाट ३५ लाखसहित दुई भारतीय पक्राउ

नेपालगञ्जबाट ३५ लाखसहित दुई भारतीय पक्राउ

pakrau-arrest-newskarobar

नेपालगञ्जमा ३५ लाख नेपाली रुपैयाँसहित घुम्दै गरेका दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित पासाङल्हामुमार्गबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले सो रकमसहित भारतका ३० वर्षीय रवीसचन्द्र पाण्डे र जमुनाह छोटी भन्सार निवासी बालक छोटु तिवारीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिएका छन् ।

उनीहरू युपी ३२ ग ८२४४ नम्बरको भारतीय मोटरसाइकलमा घुम्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।(रासस)

प्रकाशित समय ०७:४९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु