fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ मानव अधिकारकर्मीको पीडा : न हाम्रो सीमा छ, न बिमा नै

मानव अधिकारकर्मीको पीडा : न हाम्रो सीमा छ, न बिमा नै

कार्यक्रमका सहभागीहरू ।

‘हामी पारिश्रमिकविनै काममा खटेका हुन्छौँ । हाम्रो न सीमा छ, नत बिमा नै । जसको लागि लडाईं लड्छौँ, सरोकारवाला निकायले सुन्दैन । हामी अरुको न्यायको लागि लड्ने भए पनि आफैँ पीडित छौं ।’

यो पीडायुक्त अनुभव वीरेन्द्रनगर- ६, सुर्खेतकी लक्ष्मी शर्माको हो । शान्तिका लागि साझा अभियान कोक्यापले बुधबार आयोजना गरेको मानव अधिकारकर्मीको सुरक्षा रणनीतिसम्बन्धी परामर्श कार्यक्रममा उनको मार्मिक भनाइले

मानव अधिकारकर्मीहरुका लागि समेत छुट्टै रणनीति तयार हुनुपर्ने उनको भनाइ थियो । ‘मानव अधिकार आयोग कता छ, थाहा छैन,’ उनले भनिन्, ‘स्वयं मानव अधिकारकर्मीहरु बीचमा नै एकता छैन ।’

नन्दलाल चौलागाईंले समेत आफू अपांता क्षेत्रको हकहितको लागि काम गर्ने भए पनि कर्णालीको भौतिक संरचना अपांगमैत्री नभएको बताए । कसैको अधिकारका लागि लड्ने साहस लिएर सरोकारवाला निकायसम्म पुग्न खोजे पनि संरचनाले आफूलाई रोक्ने गरेको उनको भनाइ छ । मानव अधिकारकर्मी नै पीडित भएपछि आम नागरिकले न्याय पाउन मुस्किल हुने उनले बताए ।

कार्यक्रममा सहभागी अधिकांश मानव अधिकारकर्मीहरुले राज्यले नै मानव अधिकारकर्मीहरुको सुरक्षाको प्रत्याभूति गर्न नसकेको गुनासो गरे । अभियानकी सुवेक्षा पोख्रेलले कार्यक्रममा प्रस्तुतीकरण राखेकी थिइन् । कार्यक्रममा कर्णाली प्रदेशका मानव अधिकारकर्मीहरुको सहभागिता थियो ।

प्रकाशित समय १८:५० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु