fbpx
Rashifal Ad

गृहपृष्ठ सबै नेताको एकै स्वर : कालापानी नेपालको भूमि हो

सबै नेताको एकै स्वर : कालापानी नेपालको भूमि हो

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वपक्षीय बैठकका सहभागी नेताहरुले कालपानी नेपालको भूमि हो भन्नेमा एक मत जाहेर गरेका छन् । उनीहरूले यस विषयमा तत्काल भारतसँग संवाद थाल्न पनि सुझाएका छन् ।

कालापानी, लिपुलेक र लिम्पयाधुरा क्षेत्रलाई अहिले भारतले आफ्ना नक्सामा समावेश गरेको विषयमा सरकारले वक्तव्य जारी गरेरमात्र नपुग्ने सहभागी नेताहरूले बताए । उनीहरूले सरकारले लिएकाे अडानकाे समर्थन पनि गरे ।

भारतीय कदमकाे नेपालमा चाैतर्फी विराेध भइरहेकाे छ । यस सम्बन्धमा साझा धारणा बनाउन प्रधानमन्त्री ओलीले सर्वपक्षीय छलफल बाेलाएका हुन् । यसअघि सरकारले पनि सो क्षेत्रहरू नेपालकाे भएकाले एकपक्षीय रुपमा जारी भएको भारतीय नक्सा स्वीकार्य नहुने बताइसकेकाे छ ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, बाबुराम भट्टराई, झलनाथ खनाल तथा माधव नेपाललगायत सहभागी छन् । मन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्री कमल थापा तथा रमेशनाथ पाण्डेलगायत नेकपा तथा विभिन्न पार्टीका प्रभावशाली नेताहरु, सीमाविद्हरुकाे पनि छलफलमा सहभागिता छ ।

 

 

प्रकाशित समय १९:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु