गृहपृष्ठ गांगुलीलाई हृदयाघातपछि फर्च्युन तेलको विज्ञापन बन्द
गांगुलीलाई हृदयाघातपछि फर्च्युन तेलको विज्ञापन बन्द

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष तथा भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलीलाई हृदयाघातपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उपहास गर्न थालेपछि उद्योगपति गौतम अडानीको कम्पनी गौतम विल्मरले गांगुली भएका विज्ञापन रोकेको छ ।
गांगुलीलाई हृदयाघातपछि उनको मुटुको शल्यक्रिया (एन्जियोप्लास्टी) गरिएको थियो । त्यससँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फर्च्युन राइस ब्रान कुकिङ आयलको विज्ञापनको उपहासका ‘मिम’हरू सेयर गर्न थालेपछि कम्पनीले गांगुली भएका विज्ञापनहरू रोकेको हो ।
गांगुली गत वर्षका जनवरीमा फर्च्युन राइस ब्रान कुकिङ आयलको ब्रान्ड एम्बेसडर बनेका थिए । कम्पनीको विज्ञापन व्यवस्थापन गर्दै आएको क्रियटिभ एजेन्सी ओलग्भी एन्ड माथरले पुराना विज्ञापन रोकेर नयाँ क्याम्पेन चलाउने बताएको द इकोनोमिक टाइम्सले लेखेको छ ।
Dada @SGanguly99 get well soon. Always promote tested and tried products. Be Self conscious and careful. God bless.#SouravGanguly pic.twitter.com/pB9oUtTh0r
— Kirti Azad (@KirtiAzaad) January 3, 2021
फर्च्युन राइस ब्रान कुकिङ आयलका अभियानमा गांगुलीलाई मुख्य पात्र बनाउँदै लेखिएको छ- ‘तपाईं आफ्नो जीवनको ४० को दशकमा पनि जीवन सम्पूर्ण रूपले बाँच्न सक्नुहुन्छ … तपाईंले आफ्नो हृदय र प्रतिरोधात्मक क्षमताको हेरचाह गरिरहनु छ भन्ने सुनिश्चित गर्नुहोस् । यसको सुरुवात तपाईंको तेलबाट हुन्छ। यस्तो तेल बदल्नु होस्, जसले खराब कोलस्ट्रोल कम गर्छ र राम्रो कोलस्ट्रोल बढाउँछ । एक तेल जसले तपाईंको प्रतिरोध क्षमता बढाउँछ ।’ गांगुलीले ट्वीट गरेका थिए ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यही सन्देशको उपहास गर्दै मिमहरू बनाउन थालेपछि कम्पनीले विज्ञापन रोकेको हो ।
Saurav Ganguly is just 48.
healthy heart with Fortune Oil!!???? pic.twitter.com/tALm9iR3sg
— Muzammil (@muzammil_0078) January 3, 2021
Saurav Ganguly is just 48.
healthy heart with Fortune Oil!!???? pic.twitter.com/tALm9iR3sg
— Muzammil (@muzammil_0078) January 3, 2021
Kitna sach kitna jhoot, 😀Fortune oil.Good for heart. pic.twitter.com/UOxUvgvTQg
— 🔥Raj Deep Prashar🔥 (@raatokaraja) January 3, 2021
ये वाला तेल मत खाना आपलोग! पकोड़े लग जायेंगे!!☝️
मैं खुद आज बाल बाल बचा हूँ 🥳 pic.twitter.com/5yrzn7t9xP— HasnaZarooriHai (@HasnaZaruriHai) January 4, 2021
प्रकाशित समय ११:४० बजे