गृहपृष्ठ ७४ वर्षीया वृद्धाले जुम्ल्याह बच्चा जन्म दिइन्
७४ वर्षीया वृद्धाले जुम्ल्याह बच्चा जन्म दिइन्

भारतको आन्ध्र प्रदेशको गुन्टुर सहरको एक अस्पतालमा बिहीबार बिहान ७४ वर्षीया वृद्धाले जुम्ल्याह बच्चालाई जन्म दिएकी छन् । इन ब्रिटो फर्टिलाइजेसन (आईबीएफ) प्रक्रियाको माध्यमबाट गर्भधारण गरेकी मंगायम्माले अहल्या नर्सिङ होममा जुम्ल्याह बच्चालाई जन्म दिएकी हुन् ।
हालसम्म सबैभन्दा बढी उमेरमा महिलाले बच्चालाई जन्म दिएको यो विश्व रेकर्ड हो । यसअघि ७० वर्षीया दलजिन्दर कौरले सबैभन्दा बढी उमेरमा बच्चा जन्माएकी थिइन् । हरियाणाकी कौरले २०१६ मा आईबीएफ प्रक्रियाद्वारा एक बच्चालाई जन्म दिएकी थिइन् ।
प्रकाशित समय ११:१० बजे