fbpx
corona information

गृहपृष्ठ तस्करी गर्न मेक्सिकोदेखि अमेरिकासम्म सुरुङ

तस्करी गर्न मेक्सिकोदेखि अमेरिकासम्म सुरुङ

अमेरिकी अधिकारीले तस्करीका लागि प्रयोग हुँदै आएको सबैभन्दा लामो सुरुङ फेला पारेका छन् । अमरिकाको दक्षिण–पश्चिम सीमा क्षेत्रमा सुरुङ भेटिएको हो ।

मेस्किकोको तिजुआनाबाट सुरु हुने सुरुङको लम्बाइ ४३०९ फिट छ । अमेरिकामा दोस्रो सबैभन्दा ठूलो सुरुङ २९९६ फिटको हो, जसलाई सन् २०१४ मा सनडिएगोमा खोजिएको थियो । सुरुङ करिब पाँच फिट अग्लो र दुई फिट चौडा छ ।

नयाँ सुरुङमा एक कप्लेक्स कार्ट, रेल सिस्टम, फोस्ट भेन्टिलेसन, हाइ भोल्टेज इलेक्ट्रिक केबललगायतका सामग्री फेलापरेको अधिकारीहरूले बताएका छन् । तस्करीका लागि बनाइएको यो सुरुङ फेला परे पनि कुनै व्यक्ति गिरफ्तारी भने हुन सकेको छैन ।

प्रकाशित समय ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु