fbpx
corona information

गृहपृष्ठ चीनमा पाँच तले भवन सर्लक्क उचालेर सारेपछि… (भिडियोसहित)

चीनमा पाँच तले भवन सर्लक्क उचालेर सारेपछि… (भिडियोसहित)

एउटा विशाल घर एक ठाउँबाट अर्को ठाउँमा सारेको भन्दा जो कोहीलाई पनि पत्यार लाग्दैन । सुन्दा पनि अचम्म लाग्ने तर यथार्थ । चीनका इन्जिनियरले विशाल भवनलाई जस्ताको तस्तै अर्काे ठाउँमा सारेर संसारलाई आश्चर्यमा पारेका छन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको सांघाई सहरस्थित ५ तले भवनलाई इन्जिनियरकाे एक टाेलीले प्रविधिको प्रयोग गरी ६२ मिटर पर सारेका हुन् । उनीहरूले सन् १९३५ मा बनेको लागेना प्राथमिक विद्यालयको ७ हजार ६ सय टन वजनको भवनलाई प्रविधिको सहयोगमा उठाई १९८ रोबोटका खुट्टाका मद्दतले सुरक्षित रूपमा अर्काे ठाउँमा सारेका हुन् ।

चीनको सरकारी सञ्चारमध्यम सीसीटीभी न्युज नेटवर्कका अनुसार भवन सार्ने काम १८ दिनमा यही अक्टोबर १५ तारिख पूरा भएको चाइना मर्निङ पोस्टले सार्वजनिक गरेको छ । (एजेन्सी)

प्रकाशित समय ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु