fbpx
corona information

गृहपृष्ठ हनुमानजीका नाममा चिठी लेखेर दानपेटीबाट नगद चोरी

हनुमानजीका नाममा चिठी लेखेर दानपेटीबाट नगद चोरी

भारतको मध्य प्रदेशको बैतुल जिल्लामा एक चोरले भगवानका नाममा चिठी लेखेर दानपेटीबाट नगर चोरी गरेको पाइएको छ । चोरले सिद्धेश्वर हनुमानजीको मूर्तिअगाडि चिट्ठी राखेर मन्दिरको दानपेटी फुटाएको र नगद झिकेको पाइएको हो ।

बिहान श्रद्धालुहरू मन्दिर पुग्दा दानपेटिका फुटेको देखेपछि यताउता हेर्दा चिठी पनि भेटेका थिए । चिट्ठीमा लेखिएको छ, ‘मैले अहिलेसम्म गरेको अपराधका लागि क्षमा माग्छु । आजदेखि म कहिल्यै चोरी गर्दिनँ । सबै कुरा ठीक भएमा म तपाईंको कुनै पनि मन्दिरमा गएर ८०० रुपैयाँ दान गर्नेछु ।’

तीन वर्षदेखि नखोलिएको दानपेटीमा करिब ८० हजार रुपैयाँ रहेको अनुमान छ ।

प्रकाशित समय १७:०८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु